धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका छ अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता समेत गरिसकेका छन् ।

धनगढीका छ अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेका छ वटा निजी अस्पतालहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् ।

सरकारले कोरोना संक्रमितहरुको निःशुल्क उपचारका लागि सम्झौता गरेपछि सुदुरपश्चिम सहितका देशभरिका ३० अस्पतालले  कोरोना संक्रमितहरुको निःशुलक उपचार गर्ने भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशको छ सहित देशभरीका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गराउन सम्झौता गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

डा. अधिकारीका अनुसार अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता समेत गरिसकेका छन् ।

सुदुरपश्चिममा  कोरोना संक्रमितहरुको निःशुल्क उपचार गराउनेमा  निसर्ग अस्पताल प्रालि, नवजिवन अस्पताल,  माया मेट्रो अस्पताल,  कैलाली अस्पताल, पदमा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरिया रहेका छन् ।

कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा निशुल्क उपचार हुन्छ,’ डा. अधिकारीले भने, ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरे बापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ ।’


ट्रेन्डिङ