धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली हार्डबेयर व्यवसायीसंघद्धारा  छ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

अप्ठेरो बेलामा थोरै सहयोगले पनि केही होस् भनेर सदस्यहरुबाट सहयोग जुटाएर अक्सिजन कन्सनट्रेटर सहयोग  गरिएको अध्यक्ष  राठीले बताए ।

कैलाली हार्डबेयर व्यवसायीसंघद्धारा  छ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्दै कैलाली हार्डवेयर व्यवसायी संघका पदाधिकारी । धनगढी ।

धनगढी । अक्सिजनको अभाव भैरहेको बेला कैलाली हार्डवेयर व्यवसायी संघले  सुदुरपश्चिमका स्वास्थ्य संस्थाहरुलाई छ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

सदस्यहरुबाट रकम संकलन गरेर संघले धनगढी उपमहानगरपालिका, मालाखेती अस्पताल, चौमाला स्वास्थ्य केन्द्र,  पद्मा अस्पताल,  बैतडी अस्पताल र निसर्ग अस्पताललाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो । निसर्ग अस्पतालमा रहेको अक्सिजन कन्सन्ट्रेटर  आवश्यक परेको बेलामा अन्यत्र पनि लैजान सकिने संघका अधयक्ष सुरेन्द्र राठीले जानकारी दिए । 

अप्ठेरो बेलामा थोरै सहयोगले पनि केही होस् भनेर सदस्यहरुबाट सहयोग जुटाएर अक्सिजन कन्सनट्रेटर सहयोग  गरिएको अध्यक्ष  राठीले बताए ।

‘अहिले अक्सिजनको  ठुलो अभाव छ । अक्सिजन पाएर  जयान जोगन सक्छ । ’ अध्यक्ष राठीले भने ‘त्यसैले हामीले यस्तो बेलामा सक्दो सहयोग गरेका हौं ।’

कोरोनाको संक्रमण लगातार बढिरहेका कारण अहिले सुदुरपश्चिका स्वास्थ्य संस्थाहरुमा अक्सिजनको अभाव रहेको छ । 


ट्रेन्डिङ