धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अध्यक्ष उपाध्यक्ष सहित कर्मचारीमा कोरोना भेटिएपछि बैतडीको शिवनाथ गाउपालिकाको सेवा बन्द

संक्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।

अध्यक्ष उपाध्यक्ष सहित कर्मचारीमा कोरोना भेटिएपछि बैतडीको शिवनाथ  गाउपालिकाको सेवा बन्द

बैतडी । अध्यक्ष, उपाध्यक्ष सहित केही कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि बैतडीको शिवनाथ गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा स्थागित गरिएको छ ।

गाउपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुश्मा चन्द सहित नौ जनामा संक्रमण पुष्टि भएको हो ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा जेठ  १७ गतेसम्म स्थगित गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए  । गाउँपालिकामा हालसम्म ८१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।

ट्रेन्डिङ