धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्याब्सन धनगढीद्धारा मेयर कल्याणारी कोषलाई २ लाख ६२ हजार सहयोग

अहिले कोभिडका बिरमीहरलाई अक्सिजनको अभाव रहेको  धनगढी उपमहागरपालिका अक्सिजन प्लान्ट स्थापनाको काममा लागेको छ ।

प्याब्सन धनगढीद्धारा मेयर कल्याणारी कोषलाई २ लाख ६२ हजार सहयोग
प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष एबम अर्थ संकलन समितिका संयोजक टोपेन्द्र शाह धनगढी उप महानगर पालिकाका नगर प्रमुख नृपबहादुर वडलाई रकम हस्तान्तरण गर्दै । साथमा प्याब्सनका पदाधिकारीहरु ।

धनगढी । प्याब्सन  धनगढीले धनगढी उपमहानगरपालिकाद्धारा  स्थापित मेयर कल्याणकारी कोषमा २ लाख ६२ हजार पाच रुपैया सहयोग गरेको छ । प्याब्सन धनगढीले धनगढी क्षेत्र भित्रका आफ्ना सदस्य विद्यालयबाट आर्थिक संकलन गरि दीर्घकालीन रूपमा अक्सिजन प्लान्ट जडान गरिरहेको धनगढी उप महानगर पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

अहिले कोभिडका बिरमीहरलाई अक्सिजनको अभाव रहेको  धनगढी उपमहागरपालिका अक्सिजन प्लान्ट स्थापनाको काममा लागेकोले केही सहयोग पुगोस् भनेर रकम बुझाइएको अर्थ संकलन समितिका संयोजक टोपेन्द्र शाहले बताए ।

‘अक्सिजन प्लान्ट अति आवश्यक रहेको देखिसकेको छ ।’ संयोजक शाहले भने –  ‘हाम्रो सानो कामले थोेरै भए पनि सहयोग पुग्छ भनेर रकम संकलन गरेर दिएका हौं ।’   

रकम हस्तानतरण  कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य हरि रेग्मी, प्याब्सन धनगढीका सल्लाहकार भुपेन्द्र बलायर, अर्थ संकलन समितिका सदस्य गोपाल शर्मा, जगन्नाथ जोरा र विक्रम शर्माको समेत उपस्थिती रहेको थियो ।


ट्रेन्डिङ