धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलारी गाउँपालिकाको वडा कार्यालयमा चोरी

वडा नम्बर ४ कै कार्यालयबाट यसअघि पनि चोरी भएको थियो ।

कैलारी गाउँपालिकाको वडा कार्यालयमा चोरी

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा शुक्रवार राति  चोरी भएको छ ।

वडा कार्यालयको ताला तोडेर एउटा कार्यालयमा रहेका एलसीडी, चार हजार रुपैयाँ र पानी तान्ने मोटर चोरेर लगेका  कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।

अध्यक्ष चौधरीका  अनुसार चोरले सीसी क्यामेरा जडान गरिएको कम्प्युटरको हार्डडिस्क निकालेर फालेको अवस्थामा भेटिएको छ । सो हार्डडिस्क फेला परे पनि नचलेका कारण त्यसमा रेकर्ड फुटेज हेर्न नसकिएको अध्यक्ष चौधरीले बताए ।

वडा नम्बर ४ कै कार्यालयबाट यसअघि पनि चोरी भएको थियो । सो बेलामा ७५ हजार रुपैयाँ चोरी भएको थियो । पहिले र अहिलेको चोरी घटनाको प्रकृति एउटै देखिएकाले पहिले चोरी गरेकै चोरले यसपटक पनि चोरी गरेको हुन सक्ने आफूहरुको आशंका रहेको चौधरीको भनाइ छ ।


ट्रेन्डिङ