चन्दा उठाएको उजुरी आएमा कारवाही गरिने

कोरोना  नियन्त्रण  तथा रोकथामका लागि चन्दा उठाउन कैलाली प्रशासनद्धरा रोक

कोरोना  नियन्त्रण  तथा रोकथामका लागि चन्दा उठाउन कैलाली प्रशासनद्धरा रोक

धनगढी ।  जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना उपचार तथा रोकथामका लागि चन्दा उठाउन रोक लगाएको छ । चन्दा उठाएको पाइएमा कारवाही गरिने प्रशसासनले जनाएको छ ।  

चन्दा उठाउनु गैरकानुनी रहेको कारण त्यसरी चन्दा नउठाउन जिल्ला प्रशासन कार्यालय कैलालीले  शनिबार सुचना प्रकाशित गरि आग्रह गरेको छ ।

 आफु खुशी रकम जम्मा गर्ने अभियान चलेको भन्ने सूचना प्राप्त हुन आएकोमा यसरी कोरोना उपचारको नाममा जथाभावी रकम जम्मा गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी देखिएकोले यस्ता कार्य नगर्न अनुरोध गरिन्छ । जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ,

कोरोनाको उपचार र रोकथाममा सहयोग गर्न इच्छुक व्यक्तिहरुले  कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय वाण्ज्यि बैक सिंहदरवार परिसर शाखामा रहेको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सक्ने   सुचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवम  सुचना अधिकाी शिवराज जोशीले चन्दा उठाउने काम गैरकानुनी रहेकोले सुचना प्रकाशित गरिएको बताए ।

कसैले चन्दा उठाएको उजुरी आएमा कारवाही समेत गर्न सकिने सुचना अधिकारी जोशीले बताए ।