धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा कोरोना संक्रमित १० को मृत्यु, ५२३ जनामा  कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कञ्चनपुरका २, बैतडी १ र कैलालीका ७ जना गरी  १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सुदुरपश्चिममा कोरोना संक्रमित १० को मृत्यु, ५२३ जनामा  कोरोना पुष्टि

धनगढी । सुदुरपश्चिम प्रदेशमा शनिवार गरिएको परिक्षणमा ५ शय २३ जनामा कोरोना संक्रमण भेटिएको छ भने कोरोना संक्रमित १० जनाको मृत्यु भएको छ ।

 प्रदेशका ७ प्रयोगशालमा गरिएको १ हजार १ शय ५ जनाको पीसीआर परिक्षणमा ४ शय ८३  जनामा र ५ वटा सीमा नाकामा गरिएको ३ शय २५ जनाको ऐन्टिजेन परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको  ।

 पछिल्लो २४ घण्टामा कञ्चनपुरका २, बैतडी १ र कैलालीका ७ जना गरी  १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७५२ नमूना परीक्षण गर्दा २६८ जना, महाकाली अस्पतालमा ५७ नमूना परीक्षण गर्दा ४० जना, डडेल्धुरा अस्पतालमा ९२ नमूना परीक्षण गर्दा २५ जना, डोटी अस्पतालमा २९ नमूना परीक्षण गर्दा २१ जना, बझाङ्ग अस्पतालमा ७९ नमूना परीक्षण गर्दा ३९ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ५ शय २१ जना संक्रमित निको भएका छन् ।

ट्रेन्डिङ