धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा ६०२ जना कोरोनामुक्त

सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदुरपश्चिममा ६०२ जना कोरोनामुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर ६ शय २  जना कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६१३ जनाको नमुना परीक्षण गर्दा ३८४  जनामा संक्रमण पुष्टि भएको छ ।  योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३६  पुगेको छ ।

यस्तै थप १०  जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


ट्रेन्डिङ