धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गेटामा कोभिड १९ स्याहार केन्द्र सञ्चालनमा

गेटामा कोभिड १९ स्याहार केन्द्र सञ्चालनमा

धनगढी । कोरोना संक्रमण बढिरहेकै बेलामा कैलालीको गेटा मेडिकल कलेजको भवनमा कोभिड १९ स्याहार केन्द्र सञ्चालनमा आएको छ । शुरुमा २ हजार शेयाको बनाउने भनिए पनि ५० शैयाको आइसोलेसन सहित  कोभिड १९ स्याहार केन्द्र सञ्चालनमा आएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी ) मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा  आइसोलेसन सञ्चालनमा आएको हो ।

एक महिना अघि निमाणको थालनी गरिएको आइसोलेन यसअघि अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्नमा ढिलाइ भइरहेको थियो ।

गेटा मेडिकल कलेज कोभिड १९ स्याहार केन्द्रका सम्पर्क ब्यक्ति शर्मानन्द भट्टका अनुसार धनगढी, गोदावरी र गौरीगंगा नगरपालिकाले समेत केही उपकरण र जनशक्ती खटाएको  छ । सुदूरपश्चिम प्रदेश सरकारले आइसोलेसन सञ्चालनका लागि ५० लाख आर्थिक सहयोग र २० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको हो ।

अक्सिजन सहायताबाट उपचार गरिने बिरामीहरुलाई गेटा मेडिकल कलेजमा राख्ने र आइसियु, भेन्टिलेटरको सहायता आवश्यक परे सेती तथा मालाखेती अस्पताल पठाइने जनाइएको छ ।

सम्पर्क ब्यक्ति शर्मानन्द भट्टका अनुसार अक्सिजन सहायताबाट उपचार गरिने बिरामीहरुलाई गेटा मेडिकल कलेजमा राख्ने र आइसियु, भेन्टिलेटरको सहायता आवश्यक परे सेती तथा मालाखेती अस्पताल पठाइने जनाइएको छ ।


ट्रेन्डिङ