धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिमा कोरोना संक्रमित १६ जनाको मृत्यु, ६१० जनामा कोरोना संक्रमण भेटियो

सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा कैलालीका ६ जना, कञ्चनपुरका ६,  बझाङका २ जना, डडेल्धुरा र अछामका १।१ जना  रहेका छन् ।

सुदुरपश्चिमा कोरोना संक्रमित १६ जनाको मृत्यु, ६१० जनामा कोरोना संक्रमण भेटियो

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित  १६ जनाको सोमबार मृत्यु भएको छ ।  प्रदेशभरि पीसीआर र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा  ६१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा कैलालीका ६ जना, कञ्चनपुरका ६,  बझाङका २ जना, डडेल्धुरा र अछामका १।१ जना  रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट  १ हजार ३ शय ८५ को पीसीआर परीक्षण गर्दा ४ श ९१ जनामा संक्रमण भेटिएको छ  भने ६ शय २४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १ शय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७ शय ५२ नमूना परीक्षण गर्दा २ शय ७३ जना,  डडेल्धुरा अस्पतालमा ८३ नमूना परीक्षण गर्दा २५ जना, बझाङ्ग अस्पतालमा १ शय ४२ नमूना परीक्षण गर्दा ३४ जना र अछामको कमलबजार अस्पतालमा १ शय २० जनाको नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।

ट्रेन्डिङ