धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हरिप्रिया फाउण्डेसनद्धारा  ड्राई क्वारेन्टाइन निर्मण र हस्तान्रतण

क्वारेन्टाइनमा पक्षपात नगरेर हरेक नागरिकलाई एम्बुलेन्स, औषधि र अस्पतालमा निशुल्क उपचारदेखि सिमामा फेरि खाना खुवाउन शुरु गरिने छ ।

हरिप्रिया फाउण्डेसनद्धारा  ड्राई क्वारेन्टाइन निर्मण र हस्तान्रतण

धनगढी । कैलालीको धनगढीमा ड्राई क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।सेती प्रादेशिक अस्पताल नजीकै नेपाली कांग्रेसको ड्राई क्वारेन्टाइन सोमबार उद्घाटन गरिएको छ ।

हरिप्रिया फाउण्डेसनले निर्माण गरेको  क्वारेन्टाइन सोही अवस्रमा हस्तान्तरण समेत गरिएको छ ।

सो अवसरमो धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले क्वारेन्टाइनमा पक्षपात नगरेर हरेक नागरिकलाई एम्बुलेन्स, औषधि र अस्पतालमा निशुल्क उपचारदेखि सिमामा फेरि खाना खुवाउन शुरु गरिने बताए ।

नेपाली काग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति सभापति हरिस खड्का, जिल्ला सदस्य नृपबहादुर सुनार, धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्वारेन्टाइनको नेपाल तरुण दल क्षेत्रीय सभापति केशब जोशी, त्रिविवि कावा सभापति गणेश भण्डारी, युएनडि का अध्यक्ष योगेश भण्डारी देवराज ओझा, हेमप्रकाश कलेल र नेपाल रेडक्रस सोसाइटीबाट महेश पाण्डेयलाई स्वयंसेवक कमान्डर तोकिएको तरुण नेता अमृत बिसिले बताए ।


ट्रेन्डिङ