धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा ४ जनाको मृत्यु, १३३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टाा ४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।

सेती अस्पतालमा ४ जनाको मृत्यु, १३३ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ भने  १ शय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

 सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा ६ शय ५४ जनाको स्वाब परिक्षण गरिएको थियो । अस्पतालमा ६५ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

सेती अस्पतालको अस्थायी कोभिड अस्पतालमा ८२ जनाको उपचार भैरहेको छ ।  पछिल्लो २४ घण्टामा निको भइ घर गएका र होम आइसोलेनमा गएका बिारमीको संख्या छ । पछिल्लो २४ घण्टाा ४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।


ट्रेन्डिङ