धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सरकारी कार्यालयमै गरिदैन भौतिक दुरीको पालना

सरकारी कार्यालयमै गरिदैन भौतिक दुरीको पालना

धनगढी

   सरकारले अत्यावश्यक काममा जाँदा कम्तिमा मिटर भौतिक दुरी कायम गर्नु पर्ने मापदण्ड बनाए पनि कैलालीका व्यावसायिक सँस्थाहरुमा मात्र हैनसरकारी कार्यालयमै सो मापदण्ड कायम हुन सकेको छैन

   जिल्ला स्थित नापी कार्यालय मालपोत कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयमा सरकारी कामकाजका लागि जाने मानिसहरु भौतिक दुरीको ख्याल नगरी टास्सिएर लाइनमा बस्ने गरेका छन्   अधिकाँश मेडिकलहरुमा बिरामीहरु   भौतिक दुरीको ख्याल नै नगरेर जाचका लागि पालो कुरिरहेका हुन्छन् सामान खरिदका लागि पुगेका ग्राहकहरुका बीचमा पनि दुरीको पालना भएको छैन

  सरकारले सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको हो सरकारको निर्णय अनुसार सामाजिक दूरी कायम राखेर आलोपालो प्रणालीमा काम सुरु गर्नु पर्ने हो तर त्यो नियम पालना हुन सकेको छैन मालपोत, नापी शाखा, यातायात, भन्सार कार्यालय, जस्ता कार्यालयहरूमा अहिले मानिसहरु पुरानै तरिकाले सामाजिक दुरीको ख्यालै नगरी काम गरिरहेका छन्

   तर सामाजिक दुरी कायम गर्ने गराउने जिम्मा कको हो ? के सरकारी कार्यालयमा जाने कसैलाई पनि कोरोना लाग्दैन ? कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भन्छन्–‘सामाजिक दुरी कायम गर्ने पहिलो दायित्व नागरिककै हो, किनकी आफ्नो सुरक्षा सवैले आफै गर्नेपर्छ, सवै ठाउँ सरकार पुग्न सक्दैन उनले जिल्ला स्थित सबै सरकारी कार्यालयलाई मापदण्ड अनुसारको भौतिक दुरी कायम गर्न आफुले निर्देशन दिएको प्रजिअ बोहराले बताए

  हामीले कैलाली उद्योग वाणिजय संघ लगायत वस्तुगत संगठनका प्रतिनिधीलाई बोलाएर पनि मापदण्ड अनुसारको भौतिक दुरी कायम गराएर मात्रै व्यापार व्यवसय गर्न आग्रह गरेका छौं प्रमुख जिल्ला अधिकारी बोहराले भनेसबैले सो नियमको अनिवार्य पालना गर्नु पर्दछ तर रोगबाट बच्नका लागि सवै भन्दा पहिला नागरिकले नै आफु सुरक्षित हुनु पर्ने प्रमुख जिल्ला अधिकारी बोहराले दोहोयाए