धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा ३ जनाको मृत्यु, १५४ जनामा कोरोना पुष्टि

सेती अस्पतालमा पछिल्लो २४ घण्टामा ४ जना नयाँ बिरामी भर्ना भएका छन् ।

सेती अस्पतालमा ३ जनाको मृत्यु, १५४ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित ३ जनाो मृत्यु भएको छ । अस्पतालमा गरिएको परिक्षणमा १ शय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ४५ बर्षीय महिलाको मंगलबार दिउसो साढे १२ बजे, वडा नम्बर ५ की ३१ बर्षीय महिलाको मंगलबार दिउसो सवा २ बजे र गोदावरी नगरपालिका वडा नम्बर ९ का ४४ बर्षीय पुरुषको मंगलबार राति सवा ८ बजे मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको ८ शय ३३ जनाको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी उपमहानगरपालिकाका   मात्र ११ पुरुष  र ९ महिला गरि २० जना छन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अन्य पालिकाहरुका ६१ पुरुष र ४१ महिला गरि १ शय २ जना रहेका छन् ।

संक्रमण पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका १६ पुरुष र १६ महिला गरि ३२ जना रहेका छन् ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ६६ जना र इमरजेन्सीमा ७जनाको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।

सेती अस्पतालमा पछिल्लो २४ घण्टामा ४ जना नयाँ बिरामी भर्ना भएका छन् ।


ट्रेन्डिङ