धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डा. केसी एक हप्ता निशुल्क सेवा दिन बाजुरामा

डा. केसी एक हप्ता निशुल्क सेवा दिन बाजुरामा
डा. गोविन्द केसी

कैलाली

   गोविन्द केसी डडेल्धुराबाट बाजुरा पुगेका छन् । दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा दिएर सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा घुम्ने क्रममा उनी बाजुरा पुगेका हुन् ।     
    
डाक्टर केसी एक हप्ता बाजुरा बस्ने जनाईएको छ । डाक्टर केसीले यसभन्दा पहिले बझाङ्ग, दार्चुला, बैतडी  लगायत  जिल्लामा पुगेर निशुल्क सेवा दिइसकेका छन्। बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा.रुपचन्द्र बिश्वकर्माले जानकारी दिए।

   मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।


ट्रेन्डिङ