धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

वल्ड भिजनद्धारा ४४०  थान .अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री सुदुरपश्चिम सरकारलाई हस्तान्तरण

पश्चिम फिल्ड कार्यालय चेतराज भट्टराईले सुदुरपश्चिम प्रदेश सरकारसंगको सहकार्यमा आवश्कता अनुरुप समुदायको आवश्यकता सम्बोधन गर्न थप प्रतिकार्यको योजनाको तयारी पनि गरिरहेको बताए ।

वल्ड भिजनद्धारा ४४०  थान .अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री सुदुरपश्चिम सरकारलाई हस्तान्तरण

धनगढी । वल्डभिजन इन्टरनेशनल नेपालले सुदुरपश्चिम प्रदेश सरकारलाई ४ शय ४० थान अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको  छ ।

बालबालिका केन्द्रित संस्था  वल्र्ड भिजन इन्टरनेशनल नेपालको ९० दिने कोभिड–१९ दोस्रो लहर आपत्कालिन प्रतिकार्य परियोजना अन्तर्गत स्वास्थ्य सामग्रीहरु सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको हो ।

सुदुरपश्चिम प्रदेशका ५ जिल्लाहरूमा कोभिड–१९ अस्पताल तथा स्थानिय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी ४ शय ४० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ३ शय ८० थान इन्फ्रारेड थर्मामीटर, ३ शय ८० थान पल्स अक्सिमिटर, ४ शय ५ थान पिपिइ सेट,  २५ अस्पताल बेड, माक्स, सेनीटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको वल्र्ड भिजनले जनाएको छ ।

  वल्र्ड भिजनका कोभिड – १९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन म्यानेजर  पश्चिम फिल्ड कार्यालय चेतराज भट्टराइका अनुसार कैलाली, अछाम, डोटी, बझाङ्गका लागि प्रति जिल्ला  ७० अक्सिजन सिलिन्डर, ७० इन्फ्रारेड थर्मामीटर, ७० पल्स अक्सिमिटर र ७० थान पिपिइ सेट, तथा कन्चनपुर जिल्लाका लागी ४५ थान अक्सिजन सिलिन्डर, २५ थान पिपिइ सेट र कैलाली जिल्लाका लागि थप १५ अक्सिजन सिलिन्डर सहायता गरिनेछ ।

  साथै सुदुरपश्चिमप्रदेश सरकारलाई सिधै एक शय थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, २५ अस्पताल बेड,  एक शय थान इन्फ्रारेड थर्मामीटर, एक शय थान पल्स अक्सिमिटर, एक शय थान पिपिइ सेट, माक्स, सेनीटाइजर जस्ता स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकिएको छ ।

सो अवसरमा मुख्यमन्त्री भट्टले हस्तातरण भएका सामाग्रीले कोभिड विरामीको जिवन रक्षामा सहयोग भएको र प्रदेश सरकारले प्राप्त गरेको सामाग्रीको उचित सदुपयोग गरिने बताए ।

 पश्चिम फिल्ड कार्यालय चेतराज भट्टराईले सुदुरपश्चिम प्रदेश सरकारसंगको सहकार्यमा आवश्कता अनुरुप समुदायको आवश्यकता सम्बोधन गर्न थप प्रतिकार्यको योजनाको तयारी पनि गरिरहेको बताए ।


ट्रेन्डिङ