धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा कोरोना संक्रमित ८ जनाको मृत्यु, ४५५ जनामा कोरोना संक्रमण

संक्रमणका कारण मृत्यु हुनेमा कञ्चनपुरका ५, कैलालीका २ र बाजुराका १ जना रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

सुदुरपश्चिममा कोरोना संक्रमित ८ जनाको मृत्यु, ४५५ जनामा कोरोना संक्रमण

धनगढी ।  सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमणाट आइतबार ८ जनाको मृत्यु भएको छ । पीसीआर र एन्टिेज दुवै बिधिबाट गरिएको पक्षिणमा आइतबार ४ शय ५५ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

संक्रमणका कारण मृत्यु हुनेमा कञ्चनपुरका ५, कैलालीका २ र बाजुराका १ जना रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

पिसिआर बिधिबाट गरिएको ९ सय ४८  नमुनाको परिक्षणमा ३ सय १२ जना र एन्टिजेन बिधिबाट ६ सय ८७ गरिएको नमूना  परिक्षणमा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । ।

पिसिआर बिधिबाट सेती प्रादेशिक अस्पतालमा २ सय ३५ जना, कमल बजार  अस्पतालमा २२ जना, महाकाली अस्पतालमा १० जना र बझाङ अस्पतालमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ३९ हजार १ सय २१ पुगेको छ । जसमध्ये २३ हजार ७ सय ८१ जनाले कोरोना जितेका छन ।

सुदुरपश्चिममा कोरोना संक्रमित  ७० जना निको भएका छन् ।

ट्रेन्डिङ