धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५ जना निको भएर र होम आइसोलेसनमा गएका छन् ।

सेती अस्पतालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार पीसीआर बिधिबाट स्वाब परिक्षण गरिएका २ शय ८१ ज्ना मध्य ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा अहिले ५१ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा ५ जना निको भएर र होम आइसोलेसनमा गएका छन् ।

अस्पतालमा १६ जनाको आइसीयुमा र ३  जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।


ट्रेन्डिङ