धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा सोमबार ५ जनाको मृत्यु, २६२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ७ शय ६० नमुना पीसीआर र ५ वटा सीमा नाकामा ८ शय २ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् ।

सुदुरपश्चिममा सोमबार ५ जनाको मृत्यु, २६२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोन सोमबार कोरोनासंक्रमित  ५ जनाको मृत्यु भएको छ । एन्टिजेन र पीसीआर दुवै विधिबाट गरिएको परिक्षणमा २ शय ६२ जनामा  कोरोना संक्रमण पुस्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा कैलालीका २ जना,  कञ्चनपुरका १ जना, बैतडी १ जना र बाजुराका १ जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ७ शय ६० नमुना पीसीआर र ५ वटा सीमा नाकामा ८ शय २ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ शय ८३ जनाको नमूना परीक्षण गर्दा ३८ जना, महाकाली अस्पतालमा ५५ नमूना परीक्षण गर्दा १० जना, डडेल्धुरा अस्पतालमा १ शय ८८ जनाको नमुना परीक्षण गर्दा ८१ जना, बैतडी अस्पतालमा १ शय १४ जनाको नमुना परीक्षण गर्दा ९ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ८२ जनाको नमूना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ शय १८ जना संक्रमित निको भएका छन् ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २५ हजार ९९१ नमूना परीक्षण गर्दा ३९ हजार ४१९ जनामा संक्रमण पुस्टि भएको छ ।


ट्रेन्डिङ