धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोनाको लक्षण हुने संक्रमित २ प्रतिशत मात्र

कोरोनाको लक्षण हुने संक्रमित २ प्रतिशत मात्र

धनगढी

   नेपालका हालसम्मका कोरोना  संक्रमित मध्ये २ प्रतिशतमा मात्र कोरोनाका लक्षण देखिएका छन् ।

  कोरोना संक्रमित ९८ प्रतिशत व्यक्तिमा कोरोनका लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह आयोजना गरेको प्रेस ब्रिफिंगमा इमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले दिएको जानकारी दिए ।

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म  ९  हजार  २६  जना  संक्रमित पुगेका छन् । यसको दुई प्रतिशत एक सय ८० जना हुन्छ । अर्थात कूल संक्रमितमध्ये झन्डै दुई सयको संक्रमितमा  मात्र लक्षण देखिएको छ ।

 नेपालका कूल संक्रमित मध्य ९५ प्रतिशत विदेशबाट आएका छन् । त्यसमा पनि भारतबाट आएका सबै भन्दा धेरै रहेको निर्देशक पाण्डेले बताए । विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना देखिएकाले समुदायस्तरमा कोरोना फैलिनबाट जोगिएको महाशाखाले जनाएको छ ।


ट्रेन्डिङ