धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा छ जनाको मृत्यु, ४५४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा १ शय ९५ नमुना पीसीआर परक्षण गर्दा २ शय ९९ जना र ५ वटा सीमा नाकामा १ हजार ३६ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १ शय ५५ जनामा संक्रमण पुष्टि भएको थियो ।

सुदुरपश्चिममा छ जनाको मृत्यु, ४५४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा मंगलबार ६ जनाको मृत्यु भएको छ । पीसीआर र एन्टिजेन  विधिबाट गरिएको परिक्षणमा ४ शय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायकाल अनुसार  कैलालीका २ जना, कञ्चनपुरका २ जना र अछामका २ जना गरी ६ जनाको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा १ शय ९५ नमुना पीसीआर परक्षण गर्दा २ शय ९९ जना र ५ वटा सीमा नाकामा १ हजार ३६ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १ शय ५५ जनामा संक्रमण पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८ शय ३७ जनाको नमूना परीक्षण गर्दा २ शय १ जना, महाकाली अस्पतालमा ५१ नमूना परीक्षण गर्दा १५ जना र डडेल्धुरा अस्पतालमा २ शय ७ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा  ८ शय ९९ जना संक्रमित निको भएका छन् ।

ट्रेन्डिङ