धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

हुलाकी राजमार्गमा कोलोपत्रे गर्न भारतीय एसएसबीद्धरा अवरोध

बेलौरी नगरपालिका वडा नम्बर ८ पुचुई क्षेत्रमा कालोपत्रे गर्ने कामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरिरहेको हो ।

धनगढी कन्चनपुरको बेलौरी  नगरपालिकाको क्षेत्रमा हुलाकी सडक निर्माणको काममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)  ले फेरि अवरोध गरेको छ।

बेलौरी नगरपालिका वडा नम्बर पुचुई क्षेत्रमा कालोपत्रे गर्ने कामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)  ले अवरोध गरिरहेको हो

भारतीय पक्षले  रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अवरोद्ध गर्दै आएको   गत वर्ष सोही सडक क्षेत्रमा बेसको काममा पनि एसएसबीले अवरोध गरेको थियो

सडक निर्माणको ठेक्का पाएको बाबाहंस सिद्धिका संचालक चक्रदीप शाहका अनुसार एसएसबीले यो वर्ष पनि झण्डै १३ सय मिटर सडकको काममा अवरोध गरेको हो   कालोपत्रेको तयारी भैरहेको उक्त सडक भारतीय क्षेत्र पर्ने भन्दै एसएसबीहरु हिंड्न पनि अवरोध गरिरहेका छन्