धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हुलाकी राजमार्गमा कोलोपत्रे गर्न भारतीय एसएसबीद्धरा अवरोध

बेलौरी नगरपालिका वडा नम्बर ८ पुचुई क्षेत्रमा कालोपत्रे गर्ने कामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरिरहेको हो ।

धनगढी । कन्चनपुरको बेलौरी  नगरपालिकाको क्षेत्रमा हुलाकी सडक निर्माणको काममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)  ले फेरि अवरोध गरेको छ।

बेलौरी नगरपालिका वडा नम्बर ८ पुचुई क्षेत्रमा कालोपत्रे गर्ने कामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)  ले अवरोध गरिरहेको हो ।

भारतीय पक्षले  रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अवरोद्ध गर्दै आएको छ  गत वर्ष सोही सडक क्षेत्रमा बेसको काममा पनि एसएसबीले अवरोध गरेको थियो ।

सडक निर्माणको ठेक्का पाएको बाबाहंस सिद्धिका संचालक चक्रदीप शाहका अनुसार एसएसबीले यो वर्ष पनि झण्डै १३ सय मिटर सडकको काममा अवरोध गरेको हो ।  कालोपत्रेको तयारी भैरहेको उक्त सडक भारतीय क्षेत्र पर्ने भन्दै एसएसबीहरु हिंड्न पनि अवरोध गरिरहेका छन् ।


ट्रेन्डिङ