धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

किसान सहकारीको कोरोना संक्रमित शेयर सदस्यलाई  स्याहार खर्च

हाललाई गत चैतदेखि साउनसम्म कोरोना संक्रमणमा परेका सदस्यहरुलाई स्याहार खर्च दिन लागिएको हो ।

किसान सहकारीको कोरोना संक्रमित शेयर सदस्यलाई  स्याहार खर्च

धनगढी । किसान बहुउद्धेश्यीय सहकारी संस्थाले कोरोना संक्रमित शेयर सदस्यहरुलाई पाँच हजार रुपैया कोरोना स्याहार दिने भएको छ ।

अफठेरो परेको बोलमा सदस्यहरुलाई उपचार गर्न  सजिलो  होस भनेर स्याहार खर्च दिन लागिएको कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान सहकारीका प्रोजेक्ट म्यानेजर दिपक ढुंगानाले बताए ।

हाललाई गत चैतदेखि साउनसम्म कोरोना संक्रमणमा परेका सदस्यहरुलाई स्याहार खर्च दिन लागिएको हो ।

 किसान सहकारीले कोरोना संक्रमणबाट मृत्यु हुने शेयर सदस्यका परिवारहरुलाई दश हजारदेखि २५ हजारसम्म काजक्रिया खर्च समेत उपलव्ध गराउँदै आएको छ ।

कोरोना संक्रमणमा अक्सिजन अभाव बढेपछि किसान सहकारीले किसान अक्सिजन बैंक स्थापना गरेर कैलालीका अस्पतालहरुमा अक्सिजन सहितका सिलिण्डरहरु पनि सहयोग गरेका थियो ।

 

 

 

 

 


ट्रेन्डिङ