धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा १ जनाको मृत्यु, ५४ जनामा कोरोना संक्रमण पुष्टि

सेती अस्पतालको अस्थायी कोभिड अस्पतालमा ४५ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १ जनाको मृत्यु, ५४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी ।  सेती प्रादेशिक अस्पताल धनगढीमा कोराना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर बिधिको  परिक्षणमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार  स्वाब परिक्षण गरिएका  २ शय ३३ जना मध्य ५४जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालको अस्थायी कोभिड अस्पतालमा ४५ जनाको उपचार भैरहेको छ । भर्ना भएका मध्य आइसीयुमा ११ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् ।

पछिल्लो  २४ घण्टामा ७ जना निको भएर र होम आइसोलेसनमा फर्किएका छन् भने सात जना नया बिरामी अस्पतालमा भर्ना भएका छन् ।


ट्रेन्डिङ