धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा छ जनाको मृत्यु, २९३ जना कोरोना संक्रमित थपिए

कैलालीका १ जना, कञ्चनपुरका १ जना डडेल्धुराका २ जना  बाजुराका२ जना गरि ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

सुदुरपश्चिममा छ जनाको मृत्यु, २९३ जना कोरोना संक्रमित थपिए

धनगढी । सुदूरपश्चिम बुधबार कोरोना संक्रमित छ जनाको मृत्यु भएको छ  । प्रदेशमा पीसीआर र  एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन ।

कैलालीका १ जना, कञ्चनपुरका १ जना डडेल्धुराका २ जना  बाजुराका२ जना गरि ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ९२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बुधबार  १ हजार २०३ जना निको भएर घर फर्केका छन् ।

हालसम्म पीसीआर र एन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २९ हजार ३३८ नमूना परीक्षण गर्दा ४० हजार २४८ जनामा संक्रमण पुस्टि भएको छ । हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २६ हजार ८०१ जनाले कोरोना जितेका छन् भने, ५१२ जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ