धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सुदुरपश्चिमममा कोरोना

६३२२ नमुनाको नतिजा आउन बाँकी

धनगढी

  सुदरपश्चिम प्रदेशमा पीसीआर बिधिबाट कोरोना परिक्षणका लागि संकलन गरिएका ६ हजार ३ शय २२ नमुना परिक्षण हुन बाकी रहेको छ ।

  अहिलेसम्म प्रदेशमा  पीसीआर बिधिबार परिक्षणका लागि १७ हजार ४५ नमुना संकलन गरिएकोमा १० हजार ७ शय २३ नमुनाको परिक्षण भैसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

   हालसम्म गरिएका पीसीआर परिक्षणमा सुदुरपश्चिममा १ हजार ७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 संकलन भएका नमुना मध्य  ८ हजार १ शय ५५ नमुना सेती प्रयोगशालामा संकलन भएका छन् भने  नमुना राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा ८ हजार ७ शय ९४ नमुा पठाईएका छन् । काठमाण्डौ पठाइएका नमुना मध्य ५ हजार ९ शय ९९ नमुनाको नतिजा आउन बाकी रहेको छ ।

  


ट्रेन्डिङ