धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कन्चनपुरमा थपियो निषेधाज्ञा, बैंक र किराना पसल हप्तामा २ दिन खुल्ने

हप्ताको आइतबार र बुधबार  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी बैंक तथा बित्तीय संस्थाहरु सञ्चालन गर्न निषेधाज्ञामा उल्लेख छ ।

कन्चनपुरमा थपियो निषेधाज्ञा, बैंक र किराना पसल हप्तामा २ दिन खुल्ने

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा निषेधाज्ञाा जेठ ३१ ग्तेसम्म थप गरिएको छ । पहिले भन्दा केही खुकुलो गरि यस पटक जारी गरिएको निषेधाज्ञा भोलि (जेठ २१ गते) लागु हुनेछ  ।

थप गरिएको निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरु हप्ताको दुई दिन खोल्न पाइनेछ ।  हप्ताको आइतबार र बुधबार  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी बैंक तथा बित्तीय संस्थाहरु सञ्चालन गर्न निषेधाज्ञामा उल्लेख छ ।

त्यस्तै खाद्यवस्तु पसल व्यवसायहरु हप्तामा आईतवार र बुधवार बिहान ६ बजे देखि ९ बजे सम्म संचाल हुनेछन् ।

फलफुल र तरकारी, खाद्यवस्तु पसल व्यवसाय सम्बन्धित स्थानीय तह तथा उधोग बाणिज्य संघको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी हरेकसंचालन गर्नु पर्नेछ ।

विवाह व्रतबन्धको हकमा बढीमा १० जना सहभागी भई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी समबन्धित क बर्गको ईलाका प्रहरी कार्यालयबाट अनुमति लिनु पर्ने । बिबाहका लागि  होटेल तथा पाटि प्यालेस को प्रयोग गर्न पाईने छैन ।


ट्रेन्डिङ