धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
कैलारी  गाउँपालिकामा घुम्ती स्वास्थ्य शिविर

कैलारी – ५ मा ५ जनामा कोरोना पुष्टि

शिविरको पहिलो दिन बिहीवार कैलारी गाउँपालिका वडा नम्बर १ मझरा गाउँमा ९४ जनामा कोरोना परिक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको थियो ।

कैलारी – ५ मा ५ जनामा कोरोना पुष्टि

धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ६ सुर्मि तथा वेनौली गाउँमा समुदायमै पुगेर शुक्रवार एन्टीजिन बिधिबाट गरिएको परिक्षणमा ५ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

कोरोनाको जोखिम देखिएपछि शुरु गरिएको स्वास्थ्य शिविरको दोश्रो दिन दुई वटा टोलका ३१ जना ब्यक्तिमा गरिएको परिक्षण गरिएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बीरेन्द्र सापकोटाले जानकारी दिए ।

शिविरको पहिलो दिन बिहीवार कैलारी गाउँपालिका वडा नम्बर १ मझरा गाउँमा ९४ जनामा कोरोना परिक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको थियो ।

शिविरको पहिलो दिन मझरा गाउँमा भेटिएका कोरोना संक्रमित अक्सिजनको मात्रा घट्दै गएपछि  सेती प्रादेशिक अस्पतल धनगढी पठाइएको स्वास्थ्य शाखा प्रमुख बीरेन्द्र सापकोटा बताए । जेठ २० गते गरिएको परिक्षणमा कोरोना संक्रमण भेटिएपछि उनीहरुको  कैलारी गाउँपालिकाले स्थापना गरेको अस्थाई कोभिड अस्पतालमा उपचार भैरहेको थियो ।  

कैलारी गाउँपालिकाको समन्वय तथा ब्याकवाड सोसाईटी एजुकेशन बेसको  आयोजनामा कैलारी गाउँपालिकामा जेठ २० देखि घुम्ती स्वास्थ्य शिविर सञ्चालन भैरहेको छ । स्वास्थ्य शिविरमा जोखिममा रहेकाहरुको एन्टिजेन परिक्षण गर्ने, आवश्यक स्वास्थ्य सल्लाह, औषधी र सेनिटाइजरहरु दिने गरिएको छ । 

 १५ दिनसम्म सञ्चालन गरिने घुम्ती स्वास्थ्य शिविर  कैलारी पालिकाका सबै वडाहरुमा पुग्ने छ ।

बेसका केन्द्रिय सदस्य अविनास चौधरीले कैलारी गाउँपालिकामा बढी संक्रमण देखिपछि समुदाय स्तरमा परिक्षणका लागी गाउँपालिकासंग समन्वय गरी शिविर सञ्चालन गरिएको बताए ।

 


ट्रेन्डिङ