धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपाल भारत वल्ड डेभलपमेन्ट फोरमद्धारा प्रहरीलाई माक्स र सेनिटाइजर हस्तान्तरण

फोरमले जिल्ला प्रहरी कार्यालय कैलाली र  वडा प्रहरी कार्यालय धनगढीलाई ५÷५ लिटर सेनिटाइजर र  २५.÷२५ पोका माक्स  प्रदान गरेकोछ ।

नेपाल भारत वल्ड डेभलपमेन्ट फोरमद्धारा प्रहरीलाई माक्स र सेनिटाइजर हस्तान्तरण

धनगढी । नेपाल भारत वल्ड डेभलपमेन्ट फोरमले प्रहरीलाई  मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ । 

फोरमले जिल्ला प्रहरी कार्यालय कैलाली र  वडा प्रहरी कार्यालय धनगढीलाई ५÷५ लिटर सेनिटाइजर र  २५.÷२५ पोका माक्स  प्रदान गरेकोछ ।

कोभिड १९ ले आक्रान्त बनाइरहेको बेलामा अग्रमोर्चामा खटिने प्रहरीलाई काममा खटिन सहज होस् भनेर माक्स र सेनिटाइजर प्रदान गरिएको फोरमकी केन्द्रिय सदस्य एवम कैलाली जिल्ला अध्यक्ष  निर्मला रिजालले बताइन् ।

सामाग्री बुझ्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम कोभिड फोकल पर्सन खगेन्द्र साउदले सधै अग्रभागमा रहनु पर्ने प्रहरीका लागि माक्स र सेनिटाइजर  कोभिडको बेलामा मुख्य सुरक्षा सामाग्री भएको बताए । 

ट्रेन्डिङ