धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा  कैलालीमा सबै भन्दा बढी र बाजुरामा सबै भन्दा कम सक्रिय संक्रमित

सुदुरपश्चिममा अहिले २ हजार ९ शय ६७ सत्रिय कोरोना संक्रमित रहेका छन् ।

सुदुरपश्चिममा  कैलालीमा सबै भन्दा बढी र बाजुरामा सबै भन्दा कम सक्रिय संक्रमित

धनगढी । सुदुरपश्चिम प्रदेशमा अहिले २ हजार ९ शय ६७ सक्रिय कोरोना संक्रमित रहेका छन् ।  प्रदेशमा सबै भन्दा बढी सक्रिय संक्रमित कैलालीमा र सबै भन्दा कम सक्रिय संक्रमित बाजुरा जिल्लामा रहेका छन् ।

  स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आइतबारसम्म सबै भन्दा बढी कैलालीमा १ हजार ७० जना सक्रिय संक्रमित रहेका छन् । सबै भन्दा कम बाजुरा जिल्लामा ८ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

बढी  सक्रिय संक्रमित भएको दोश्रो जिल्लामा कन्चनपुर र अछाम छन् । ती दुवै जिल्लामा ४३२÷४३२ सक्रिय संक्रमित रहेका छन् ।  बैतडीमा १ शय ६७, बझाङमा २ शय ६, डडेल्धुरामा २ शय ६१, दार्चुलामा १ शय ६९, डोटीमा २ शय ७ र अन्य जिल्लामा १५ सक्रिय संक्रमित रहेका छन् ।

  हालसम्म सुदुरपश्चिममा ३ शय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३० हजार ८ शय ४२ जना निको भएका छन् । प्रदेशमा अहिलेसम्म ३ लाख ३९ हजार १ शय १ जनालाई कोरोना संक्रमण भएको छ ।


ट्रेन्डिङ