धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मुख्यमन्त्रीलाई बिश्वासको मत दिने एमाले संसदिय दलको निर्णय, केपी पक्षका ७ जनाले हस्ताक्षर गरेनन्

माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुको बहुमत रहेको संसदिय दलको  बैठकमा केपी ओली पक्षीय सात जनाले निर्णयप्रति असहमति  जनाउँदै हस्ताक्षर गरेनन् ।

मुख्यमन्त्रीलाई बिश्वासको मत दिने एमाले संसदिय दलको निर्णय, केपी पक्षका ७ जनाले हस्ताक्षर गरेनन्

धनगढी ।  नेकपा एमाले  सुदुश्चिम प्रदेश सभा संसदिय दलको बैठक मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत दिने निर्णय गरेको छ ।

माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुको बहुमत रहेको संसदिय दलको  बैठकमा केपी ओली पक्षीय सात जनाले निर्णयप्रति असहमति  जनाउँदै हस्ताक्षर गरेनन् ।

केपी पक्षीय प्रदेश सभा सदस्य पठान सिंह बोहराले बैठकमा      पार्टीको निर्णय बिपरित मुख्यमन्त्रीलाई बिश्वासको मत दिने निर्णयमा असहमत जनाउन उपस्थितिमा पनि हस्ताक्षर नगरेको बताए ।

एमाले संसदिय दलको बैठकको उपस्थितिमा हस्ताक्षर नगर्नेमा बोहरा, लिलाधर भट्ट, गेल्बु लामा, रतन थापा, नेपालु चौधरी, बलदेव रेग्मी र माया तामाङ बोहरा रहेका छन् ।

ट्रेन्डिङ