धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

केपी पक्षलाई चुनौती दिंदै माधव पक्षले बचायो सुदुरपश्चिम सरकार

सरकारबाट समर्थन फिर्ता लिने निर्णय र निर्णयको कार्यान्वयनका लागि  निर्देशन दिने केपी समुहका थिए । तर माधव समुहको दुई तिहाइ भन्दा बढी सदस्य रहेको संसदिय दलको बैठकले ती निर्देशनलाई किनारामा राखेर मुख्यमन्त्रीलाई बिश्वासको मत दिने निर्णय गरेको थियो ।

केपी पक्षलाई चुनौती दिंदै माधव पक्षले बचायो सुदुरपश्चिम सरकार

धनगढी । नेकपा एमालेको स्थायी कमिटीले समर्थन  फिर्ता  लिने निर्णय गरेको सुदुरपश्चिम सरकारलाई माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुले जोगाएका छन् ।  एमाले स्थायी कमिटीको सरकारबाट समर्थन फिर्ता लिने निर्णयको बिपरित आज (मंगलबार ) प्रदेश सभामा भएको  मतदानमा मुख्यमन्त्रीका पक्षमा मतदान गरेर  माधव पक्षले सरकार जोगाएको हो ।

प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री भट्टले पाएका ३० मत मध्य १७ मत माधव पक्षीय एमालेका प्रदेश सभा सदस्यका हुन् । मुख्यमन्त्री भट्टको पार्टी नेकपा माओवादीका  १३ मत हुन् । प्रदेश सभामा  एमालेको केपी शर्मा ओली पक्षका ९ जनाले र  जनता समाजवादी पार्टीका २ जनाले  बिपक्षमा मतदान गरेका हुन् । कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन् ।

 स्थायी कमिटीको निर्णयको लगत्तैदेखि एमाले पार्टीले सरकारबाट समर्थन फिर्ता लिन संसदिय दलका नेता,  पदाधिकारी र मन्त्रीहरुलाई निरन्तर स्पष्टीकरण सोध्ने गर्दै आएको थियो । आज मतदानको अघिल्लो दिन हिजो (सोमबार ) मुख्यमन्त्रीको बिपक्षमा मतदान गर्न निर्देशन दिंदै आएको थियो ।

 सरकारबाट समर्थन फिर्ता लिने निर्णय र निर्णयको कार्यान्वयनका लागि  निर्देशन दिने केपी समुहका थिए । तर माधव समुहको दुई तिहाइ भन्दा बढी सदस्य रहेको संसदिय दलको बैठकले ती निर्देशनलाई किनारामा राखेर मुख्यमन्त्रीलाई बिश्वासको मत दिने निर्णय गरेको थियो । त्यस निर्णयमा केपी पक्षीय सात जनाले हस्ताक्षर गरेनन् ।

 एक साता अघिदेखि केपी पक्षमा खुलेका तारा लामा तामाङ्ग र कुलबीर चौधरी पनि आजको संसदिय दलको बैठकमा सरकारलाई समर्थन दिने निर्णयका पक्षमा उभिए । यसले माधव पक्षमा रहेका  प्रदेश सभा सदस्यहरुको संख्या १७ पुगेको छ ।   


ट्रेन्डिङ