धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा १५४ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा अहिले ३३ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १५४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा  गरिएको परिक्षणमा मंगलबार १ शय ५४ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ३ शय ५५ जनाको स्वाब परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार संक्रमित हुनेमा धनगढी उपमहानगरपालिकाका   ३१ पुरुष र २० महिला गरि ५१  र कैलालीका  धनगढी उपमहानगरपालिका बाहेकका पालिकाहरुका पुरुष ३९ र महिला १८ गरि ५७ जना रहेका छन् ।

कैलाली बाहेकका जिल्लाका पुरुष ३२ र महिला १४ गरि ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा अहिले ३३ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । भर्ना भएका मध्य ३ जनाको भेन्टिलेटरमा, १२ जनाको आइसीयुमा र २० जनाको अक्सिजनको सपोर्टमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने १० जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।

 


ट्रेन्डिङ