धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रेडपाण्डाको छाला सहित १ जना पक्राउ

पक्राउ गरिएकालाई आवश्यक कारवाहीका लागि सब  डिभिजन बन कार्यालय अत्तरिया बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रेडपाण्डाको छाला सहित १ जना पक्राउ

धनगढी । कैलालीको  गोदावरी नगरपालिकाबाट रेडपाण्डाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको गेटा सामुदायिक बनबाट  प्रहरीले रेडपाण्डाको छाला सहित मंगलबार  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा बझाङ जिल्लाको बित्थड गाउपालिका वडा नम्बर ५ देउलेखका बर्ष २३ का अमर धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गोप्य सुचनाका आधारमा खटिएको संघीय प्रहरी इकाइ  र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएकालाई आवश्यक कारवाहीका लागि सब  डिभिजन बन कार्यालय अत्तरिया बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 


ट्रेन्डिङ