धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

आफ्नै साथीको हत्याको आरोपमा एक जना पक्राउ

बुढाथोकी मृत अवस्थामा फेलापरेपछि प्रहरीले फरार रहेका कोठामा सँगै  बस्ने बस्नेतलाई पक्राउ गरेको हो ।

आफ्नै साथीको हत्याको आरोपमा एक जना पक्राउ

धनगढी । आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले कैलालीको लम्कीचुहा  नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको   कैलारी गाउँपालिका वडा नम्बर  ४ के गाउँका ३९ वर्षीय सोम बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानएको छ ।

 लम्कीचुहा नगरपालिका वडा नम्बर  २ मोतिपुरस्थित पदम बहादुर बुढा क्षेत्रीको मिनि पक्की घरमा डेरामा बस्दै आएका धनगढिका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बुढाथोकी र बस्नेत एउटै कोठामा सँगै बस्दै आएका थिए ।

बुढाथोकी मृत अवस्थामा फेलापरेपछि प्रहरीले फरार रहेका कोठामा सँगै  बस्ने बस्नेतलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा  बस्नेतले २३ गते बेलुकी बुढाथोकीसंगै  स्थानीय बजार र सोही डेरा कोठामा बसि घरेलु मदिरा सेवन गरेको  रल सोही क्रममा बादविवाद हुदाँ घरकोठामा रहेको फलामको कर्नीले टाउकोमा हिर्काएको  प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ