धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लागु औषधको कारोवाको आरोपमा होटल सञ्चालक सहित २ जना पक्राउ

प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर ४ सुनदरा टोलमा रहेको बाह्रसिंगा होटल एण्ड लजका सञ्चालक भुवन साहुलाई लागु औषध सहित पक्राउ गरेको छ ।

लागु औषधको कारोवाको आरोपमा होटल सञ्चालक सहित २ जना पक्राउ

धनगढी ।  कन्चनपुर जिल्लामा प्रहरीले लागु औषधको कारोवार गरेको आरोपमा एक होटल सञ्चालक सहित दुइृ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर ४ सुनदरा टोलमा रहेको बाह्रसिंगा होटल एण्ड लजका सञ्चालक भुवन साहुलाई लागु औषध सहित पक्राउ गरेको छ ।  लागु औषधको कारोवार भैरहेको सुचनाका आधारमा चेकजाँच गर्दा लागु साहुलाई औषध खैरो हिराइन १.४२ ग्राम सहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कन्चनपुरल जनाएको छ ।

त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुर खजुवाका बर्ष १९ का गोपाल ठगुन्नालाई पनि प्रहरीले लागु औषध सहित  पक्राउ गरेको छ ।  बिशेष सुराकीको आधारमा रतनपुर खजुवामा पैदल हिडिरहेका ठगुन्नालाई चेकजाच गर्दा लागु औषध खैरो हिराइन जस्तो पद्धार्थ १२ ग्राम २० मिलग्राम भेटिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै  जनाबारे थप  अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ