धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा ११ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित २१ जनाको उपचार भैरहेको छ ।

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा २ शय २ नमुनाको परिक्षण गरिएको थियो ।

 सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कोरोना पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ३ पुरुष, कैलालीका धनगढी उपमहानगरपालिका बाहेकका  पालिकाहरुका ३ महिला र कैलाली बाहेकका जिल्लाका ४ पुरुष रहेका छन् ।

अस्पतालमा कोरोना संक्रमित २१ जनाको उपचार भैरहेको छ । जसमध्य ३ जनाको आइसीयुमा र ८ जनाको अक्सिजनको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालमा ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने ९ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।


ट्रेन्डिङ