धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीको ट्राफिक चौराहको दुर्घटनाका एक जनाको मृत्यु

आइताबर साँझ से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साईकल यात्री डगौरा घाइते  भएका थिए ।

धनगढी ।  धनगढीको ट्राफिक चौराहामा भएको दुर्घटनाका एक जना घाइतेको मृत्यु  भएकको छ । दुर्घटनापछि अस्पतालमा उपचारका क्रममा यात्री कैलालीको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आइताबर साँझ से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साईकल यात्री डगौरा घाइते  भएका थिए । उक्त मोटरसाइकलले २ साइकललाई ठक्कर दिएकको थियो ।

यस्तै मोटरसाइकलमा सवार  धनगढी उपमहानगरपािलका वडा नम्बर ६ का मोहन जोशी र माधव प्रसाद भट्टको निसर्ग अस्पतालमा उपचार भैरहेको छ । अर्का घाइते साइलक चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ