धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

निसर्गमा अण्डाशयको सफल शल्यक्रिया, १० लिटर पानी निकालियो

निसर्गमा अण्डाशयको सफल शल्यक्रिया, १० लिटर पानी निकालियो

धनगढी

   निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा अण्डासयको सफल सल्यक्रिया गरेको बेलौरी नगरपालीका रिछाकी ४५ वर्षीया अनारकली रानाको सोमबार सफल शल्यक्रिया भएको सो अस्पतालले जनाएको

  बाया पट्टीको ओभरियल म्यूसिनस सिस्ट अण्डासयमा भरिएको १० लिटर तरल पदार्थ अप्रेसन गरेर निकालिएको हो

  अत्यन्त जोखिम भए पनि चिकित्सकहरुको प्रयासले अप्रेसन सफल पारिएको अस्पतालले जनाएको निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा लगायतको टिमले रानाको सल्यक्रिया गरेको हो

   भारतको खटीमामा पुग्दा पनि उपचार नपाएको तर धनगढमै सफल अप्रेसन नभएकोमा खुशी लागेको अनारकलीका  श्रीमान ईन्दर रानाले बताए

    रानाको अवस्था सामान्य रहेको अस्पतालका अध्यक्ष तीर्थ पन्तले जानकारी दिए