धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

कंगनालाई ट्याक्स तिर्न धौ धौ

कंगनाले आफु सबैभन्दा बढी ट्याक्स तिर्ने कलाकार भए पनि निषेधाज्ञाका कारण काम ठप्प भएपछि यसपटक कर तिर्न ढिलो भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छिन् ।

कंगनालाई ट्याक्स तिर्न धौ धौ

बलिउडकी चर्चित र व्यस्त मध्येकी एक अभिनेत्री कंगना रनावतले कोरोना महामारीका कारण काम बन्द भएकाले सरकारलाई कर तिर्न गाह्रो भएको बताएकी छिन् ।

कंगनाले आफु सबैभन्दा बढी ट्याक्स तिर्ने कलाकार भए पनि निषेधाज्ञाका कारण काम ठप्प भएपछि यसपटक कर तिर्न ढिलो भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छिन् । उनले इन्स्टाग्राममा स्टोरी सेयर गर्दै लेखेकी छिन् हुन त म धेरै ट्याक्स तिर्ने कलाकारमा पर्छु । म आयको लगभग ४५ प्रतिशत भाग कर तिर्छु ।

तर, काम नचलेको कारणले मैले गत वर्षको आधा भाग पनि कर तिर्न सकेकी छैन । जीवनमा पहिलो पटक ट्याक्स तिर्न ढिलो भएको हो । रनावतले लेखेकी छिन्  व्यक्तिगत रुपमा यो हाम्रो लागि कठिन समय हो, तर सबै मिलेर समय भन्दा पनि बलवान हुन सकिन्छ ।