धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा निषेधाज्ञा उल्लंघन गर्दै जुवा खेल्ने छ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै मार्तडीका व्यापारी रहेका छन् ।

धनगढी । कोभिड १९का कारण प्रशासनले जारी गरेको निषेधाज्ञाकै बेलामा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा लुकिछिपी जुवा खेलिहेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा मार्तडीको तुफानडाडाबाट सोमबार राति ६ जना पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन ।

 प्रहरी निरीक्षक साउँदका अनुसार जुवा खेलिरहेकाहरुबाट नगद ९८ हजार तीन सय २५ रुपैया समेत बरामद गरिएको छ ।  

पक्राउ परेका सबै मार्तडीका व्यापारीहरु रहेका छन् ।  जुवातास  खेल्ने क्रममा पक्राउ परेका ६ जनालाई जुवा ऐन सम्बन्धी कानुनी कारबाही गरिने तयारी प्रहरीले  जनाएको छ ।

 कन्चनपुरको भीमदत्त नगरपालिकाको  वडा नम्बर ४ मा सोमबार  दिउसो निषेधाज्ञाको उल्ल्ंघन गर्दै जुवा खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।


ट्रेन्डिङ