धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा ९६ संक्रमित थपिए

गोपाल भट्ट

धनगढी । सुदूरपश्चिममा आज ९६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय २० पुगेको छ ।

राष्ट्रिय प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

    पत्रकार सम्मेलनमा दिईइएको जानकारी अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा २ जनामा कोरोना पुष्टि भएको छ ।


ट्रेन्डिङ