धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रादेशिक आयुर्वेद चिकित्सालय संचालनका लागि ४ करोड बिनियोजन

प्रदेश मातहतका  आयुर्वेद संस्थामा  आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा बिस्तारका लागि स्वस्थ जीवन, नागरिक आरोग्य कार्यक्रम, पुर्ब कर्म सेवा बिस्तारका लागि २ करोड बिनियोजन गरिएको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालय  संचालनका लागि ४ करोड बिनियोजन

धनगढी । सुदुरपश्चिम सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीको संचालनका लागि ४ करोड बिनियोजन रकम बिनियोजन गरेको छ । 

सुदुरपश्चि प्रदेश सभामा आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले प्रदेश मातहतका  आयुर्वेद संस्थामा  आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा बिस्तारका लागि स्वस्थ जीवन, नागरिक आरोग्य कार्यक्रम, पुर्ब कर्म सेवा बिस्तारका लागि २ करोड बिनियोजन गरिएको बताए ।  

धनगढी उपमहानगरपालिकाको राजपुरमा प्रादेशिक आयुर्वेद अस्पताल संचालनको लागि भवन निर्माण भैसकेको छ ।


ट्रेन्डिङ