धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

खैरो हिरोइन सहित २ जना पक्राउ

सोमबार साझा से ५ प ८०९९ नम्बरको मोटरसाइकलमा  चेकजाचच गर्दा लुकाइ छिपाइ राखेको खैरो हिरोइन सहित पक्राउ परेका हुन् ।

खैरो हिरोइन सहित २ जना पक्राउ

धनगढी । कन्चनपुरको बेलौरी नगरपालिकाबाट प्रहरीले लागु औषध खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्तामा सोमबार साझा से ५ प ८०९९ नम्बरको मोटरसाइकलमा  चेकजाचच गर्दा लुकाइउछिपाइ राखेको खैरो हिरोइन ७ ग्राम ७६० मिलिग्राम सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटका २४अ बर्षीय लाल बहादुर ऐर र सोही ठाउँकका २२ बर्षीय चन्द्र बहादुर साउँद रहेका छन् ।

पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 


ट्रेन्डिङ