धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

बाख्रा चराउन जंगलमा गएकाबृला पानी परेपछि ओत लाग्न बसेको ओडारमा पहिरो खसेको हो ।

पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

धनगढी ।  डोटीको दिपायल नगरपालिकामा दुई बालकालिकाको पहिरोमा परेर ज्यान गएको छ । पानी परेपछि ओत लाग्न गएका बेला पहिरोमा पुरिएर बिहीबार डोटीको दिपायल नगरपालिका–५ चिसापानीका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए  ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ७ वर्षीय विनोद भण्डारी र ११ वर्षीया जेनिषा विष्ट रहेका छन् ।

उनीहरु बाख्रा चराउन जंगलमा गएका थिए । पानी परेपछि ओत लाग्न ओडारमा बसेका हुन्  ।  स्थानीयको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले पहिरो हटाउदा उनीहरु मृत फेला परेको थिए ।

केआईसिंह गाउँपालिकाका ६० वर्षीय खडक बहादुर वमको पनि बुधबार पहिरोमा परेर ज्यान गएको थियो ।


ट्रेन्डिङ