धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जेसिज एभरेष्ट पुर्व बिद्यार्थी संघद्धारा ५ जनालाई छात्रबृत्ति प्रदान

संघले छात्रबृत्ति प्रदान गरिएका मध्य कक्षा ११ मा अध्ययनरत तीन जनालाई यसै बर्षदेखि र दुई जनालाई बिगत चार बर्षदेखि छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ ।

जेसिज एभरेष्ट पुर्व बिद्यार्थी संघद्धारा ५ जनालाई छात्रबृत्ति प्रदान

धनगढी । जेसिज एभरेष्ट पुर्व बिद्यार्थी संघले पाँच जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । संघले छात्रबृत्ति प्रदान गरिएका मध्य कक्षा ११ मा अध्ययनरत तीन जनालाई यसै बर्षदेखि र दुई जनालाई बिगत चार बर्षदेखि छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ ।

  “कमजोर आर्थिक अवस्थाका कारण पढाइबाट बन्चित हुन नपरोस् भनेर हामीले सानो संख्यामा छात्रबृत्ति प्रदान गरिरहेका छौं ।” जेसिज पुर्व बिद्यार्थी संघका अध्यक्ष खेमराज जोशीले भने “अहिले पाँच जनालाई छात्रबृत्ति प्रदान गरिरहेका छौं ।”

   यस बर्ष कक्षा ११ मा अध्ययनरत तीन जनालाई छात्रबृत्ति प्रदान गरिएको हो । उनीहरु जेसिज एभरेष्ट स्कुलमा अध्ययनरत छन् । आमाको माया छात्रवासमा रहेका लक्ष्मण जैसी र संदिप जैसीलाई बिगत चार बर्षदेखि छात्रबृत्ति प्रदान गरिरहेको छ । जेसिज  एभरेष्ट स्कुलमा उनीहरु कक्षा चारमा अध्ययनरत छन् । उनीहरुको बिद्यालयदेखि पाठ्यपुस्तक, खानासम्मको खर्च संघले व्यहोर्ने गरेको अध्यक्ष जोशीले बताए ।

जेसिज एभरेष्ट पुर्व बिद्यार्थी संघ जेसिज एभरेष्ट इङ्ग्लिस स्कुलमा अध्ययन गरेका बिद्यार्थीहरूको संगठन हो । यस संघले स्थापना गरेको अक्षय कोषबाट जेसिज एभरेष्ट स्कुलमा अध्ययनरत बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरेको छ ।  छात्रबृत्तिको आकार बढाउन यस बर्ष अक्षय कोष बढाएर १२ लाख पुरयाएको छ । 

अक्षय कोषको रकम बढाउँदै जाने र छात्रबृत्ति पनि बढाउदै जाने लक्ष रहेको अध्यक्ष जोशीले बताए । “तीन  बर्ष अघि ५ लाखका  अक्षयल कोष स्थापना गरेका थियौं ।”  अध्यक्ष जोशीले भने “अक्षयल कोष बढेर १२ लाख पुगिसकेको छ । अक्षय कोष बढेसँगै छात्रबृत्तिको आकार र संख्या पनि बढाउछौं. ।”


ट्रेन्डिङ