धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा ११ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित २१ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा १ शय ८९ जनाको नमुना परिक्षण गरिएको थियो ।

 सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार परिक्षणमा संक्रमण  पुष्टि भएका मध्य २ पुरुष र ४ महिला गरि ६ जना धनगढी उपमहानगरपालिकाका रहेका छन् ।  कैलालीका धनगढी बाहेकका पालिकाहरुका पुरुष ४  जनामा र कैलाली बाहेकका जिलाक १ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कोरोना संक्रमित २१ जनाको उपचार भैरहेको छ । जसमध्य १ जनाको भृेन्टिलृेटरमा, ११ जनाको आइसीयुमा र ८ जनाको अक्सिजनको सपोर्टमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट निको भएर १ जना घर फर्किएका छन् भने ८ जना बिरामी भर्ना भएका छन् । 


ट्रेन्डिङ