धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भन्सार छलेर ल्याउँदै गरेको २५ लाख  ९० हजारको केराउ पक्राउ

तर केराउ ल्याउने कोही पक्राउ भने परेका छैनन् ।

भन्सार छलेर ल्याउँदै गरेको २५ लाख  ९० हजारको केराउ पक्राउ

धनगढी । भारतबा अवैध रुपमा नेपाल ल्याउदै गरेको २५ लाख ९० हजार रुपैया बराबरको केराउ र केराउ ल्याएका दुई ट्रेक्टर प्रहरीले शुक्रवार पक्राउ गरको छ ।

बेलौरी नगरपालिका वडा नम्बर  २ स्थित भारतीय सीमा नजीकबाट भन्सार छलेर ल्याउँदै गरेको ६ शय ६० कट्टा केराउ र केराउ बोकेको सु.प.प्र. ०१–००२ त ४७०९ र से १ त ५४६५ नम्बरको ट्रेक्टर  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

तर केराउ ल्याउने कोही पक्राउ भने परेका छैनन् ।

बेवारिसे अवस्थामा फेला पारेका ती सामानहरु आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालयर  कैलाली पठाईएको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ