धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

महाकालीको बाढीले निर्माणाधीन सडक भत्कियो, आवागमन बन्द

महाकाली नदी गाउँमा पसेपछि ऐरीघाटका १० घर डुवानमा परेका छन् ।

महाकालीको बाढीले निर्माणाधीन सडक भत्कियो, आवागमन बन्द

महेन्द्रनगर ।   लगातारको बर्षापछि महाकाली नदीमा आएको  बाढीले चार लेन पुलसम्मको सडक भत्किएको छ ।  सडक भत्किएपछि  आवागमन बन्द गरिएको छ ।

लगातार आएको बर्षापछिको बाढीले  सडक भत्किएपछि आवातजावत बन्द गरिएको भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष लाल बहादुर शाहीले बताए । गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ ।

 महाकाली नदी गाउँमा पसेपछि ऐरीघाटका १० घर डुवानमा परेका छन् । ‘निरन्तर वर्षा भइरहेकोले महाकाली नदीमा पानीको बहाव बढेको छ । निर्माणाधीन चार लेनको पक्की पुलका लागि बनाएको जालीले गर्दा महाकालीको पानी भुजेला खोलातर्फ आएको छ,’ भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले भने  ‘त्यसले गर्दा ऐरीघाटका १० डुवानमा परेका छन् ।’

महाकाली नदीको पानी भुजेला खोलातर्फ मोड्ने जाली अहिले हटाएकाले भुजेला खोलामा महाकाली नदीको पानी आउन रोकिएको ‘डुबान क्षेत्रका मानिसको उद्धारका लागि उद्धार टोली परिचालन भएको छ ।’ उनले भने  ‘अहिले महाकाली नदीको पानी भुजेला खोलातर्फ आउन रोकिएकाले डराउनु पर्ने अवस्था छैन ।’

पहाडी क्षेत्रमा बर्षा नरोकिएको जल स्तर बढ्न सक्ने अनुमान गरिएको छ । महाकाली नदीमा शनिबार  दिउँसोसम्म एक लाख ७७ हजार क्यूसेक पानीको बहाव पुगेको छ ।


ट्रेन्डिङ