धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भीरबाट खसेको ढुंगा लागेर सैनिक जवानको मृयु

भण्डारीको घटनास्थलमै मृत्यु भएको साउँदले बताए ।

धनगढी । बाजुरा जिल्लामा भीरबाट खसेको ढुंगा  लागेर सैनिक जवानको मृत्यु भएको छ । पुर्वी  उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आइतबार कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुंगा लागेर एक जना पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदका  अनुसार मृत्यु  हुनेमा नेपाली सेनाका कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेका छन् । भण्डारीको घटनास्थलमै मृत्यु भएको साउँदले बताए ।

भण्डारी हिमाली गाउँपालिकाका–४ रुगिनका वासिन्दा हुन् । खसेको ढुंगाले भण्डारीको टाउकोमा चोट लागेको हो । 


ट्रेन्डिङ